क्रिकेट

सन्दीपलाई बधाई दिँदै ओमानका कप्तान इल्यासले लेखे- हजुर र नेपालको लागि ठूलो र शुभ दिन हो

इकागज |
जेठ ३, २०८१ बिहीबार ७:४४ बजे

काठमाडौँ- ओमानका राष्ट्रिय क्रिकेट टोलीका कप्तान अकिब इल्यासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बधाई दिएका छन् । बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि ओमानका कप्तान इल्यासले बधाई दिएका हुन् ।

लामिछाने निर्दोष रहेको उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा सन्दीप र नेपाल राष्ट्रको लागि शुभ दिन भएको उल्लेख गरेका छन् ।


'कठिन समय पनि बितेर गयो, तर कठिन मानिसहरू... यो दिन हजुर र नेपालको लागि ठूलो र शुभ दिन हो' कप्तान इल्यासले लेखेका छन् 'आगामी दिनहरूका लागि शुभकामना ।'
 

र, यो पनि


Author

थप समाचार
x