क्रिकेट

विश्वकप खेल्ने सन्दीपको अन्तिम प्रयास पनि असफल !

इकागज |
जेठ १४, २०८१ सोमबार १५:८ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप खेल्ने अन्तिम प्रयास पनि असफल भएको संकेत आएको छ ।

अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ देखि २९ तारिखसम्म आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न अमेरिका जानका लागि सन्दीपले भिषा पाउन सकेका छैनन् ।


केही दिन अघि नेपालस्थित अमेरिकी दूतावासले सन्दीपको भिषा आवेदन रद्द गरेको थियो । सन्दीप आफैले सामाजिक सञ्जालमार्फत आफ्नो भिषा रद्द भएको जनाएका थिए ।

तर, त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरु पनि सन्दीपको भिषाका लागि प्रयासरत थिए ।

यति हुँदा पनि सन्दीपले भने भिषा पाउने आशा नरहेको संकेत गर्दै आफूले विश्वकप खेल्न नपाउने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सोमबार आफ्नो सपना पूरा नभएपनि देशको सपना पूरा भएकोमा आफू खुसी भएको लेखेका छन् ।

 

 


Author

थप समाचार
x