क्रिकेट

गौतम गम्भिरलाई भारतीय टिमको प्रशिक्षक बनाउने योजनामा बीसीसीआई

इकागज |
जेठ ५, २०८१ शनिबार १०:५६ बजे

काठमाडौँ- भारतको क्रिकेट बोर्ड बीसीसीआईले भारतका पूर्व क्रिकेटर गौतम गम्भिरलाई मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ ।

वर्तमान मुख्य प्रशिक्षक राहुल ड्रविडको कार्यकाल अमेरिका र वेस्ट इन्डिजमा जुनमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपपछि समाप्त हुँदैछ ।


ड्रविडको कार्यकाल समाप्त भएपछि गम्भिरलाई मुख्य प्रशिक्षक बनाउने योजनामा बीसीसीआई रहेको क्रिकइन्फोले जनाएको हो ।

इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कलकता नाइट राइडर्सका मेन्टर रहेका गम्भिरलाई बीसीसीआईका पदाधिकारीले मुख्य प्रशिक्षक बन्नेबारे छलफल गरेका हुन् ।

मुख्य प्रशिक्षकको पदका लागि आवेदन दिने समय मे २७ तारिखसम्म रहेपनि आईपीएलको समाप्तिपछि थप छलफल हुने बताइएको छ ।

यता ड्रविडले भने आफ्नो कार्यकाल नथप्नका लागि बीसीसीआईलाई जानकारी गराइसकेको जनाइएको छ ।


Author

थप समाचार
x