क्रिकेट

वेस्ट इन्डिजका फिल सिमोन्स पीएनजीको विशेष प्रशिक्षक नियुक्त

इकागज |
जेठ ७, २०८१ सोमबार १५:४८ बजे

काठमाडौँ- वेस्ट इन्डिजका पूर्व अलराउन्डर तथा अनुभवी अन्तर्राष्ट्रिय प्रशिक्षक फिल सिमोन्स पपुवा न्यूगिनी (पीएनजी) को विशेष प्रशिक्षक नियुक्त भएका छन् ।

जुन १ देखि २९ तारिखसम्म आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअघि सिमोन्स पीएनजीको विशेष प्रशिक्षक नियुक्त भएका हुन् ।


वेस्ट इन्डिजका लागि १ सय ६० भन्दा बढी क्रिकेट खेल खेलेका सिमोन्सले प्रशिक्षकको रूपमा सन् २०१६ मा वेस्ट इन्डिजलाई टी-ट्वान्टी विश्वकपको उपाधि दिलाएका थिए ।

उनले जिम्बाब्वे, आयरल्यान्ड र अफगानिस्तानको प्रशिक्षकको रूपमा समेत काम गरिसकेका छन् ।

विश्वकपअन्तर्गत समूह 'सी' मा रहेको पीएनजीले पहिलो खेल वेस्ट इन्डिजविरुद्ध जुन २ मा खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x