क्रिकेट

सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउन क्यानले अगाडि बढायो भिसा प्रक्रिया

इकागज |
जेठ ८, २०८१ मंगलबार २१:५२ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने प्रक्रिया अगाडि बढेको बताएको छ ।

क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् । उनले सन्दीपलाई प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा आईसीसीसँग समेत पहल भइरहेको उल्लेख गरे ।


यसअघि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ । बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाएसँगै टी-२० विश्वकप क्रिकेट खेल्ने बाटो खुलेको छ ।


Author

थप समाचार
x