क्रिकेट

हसन अली पाकिस्तानी टिमबाट 'रिलिज्ड'

इकागज |
जेठ ९, २०८१ बुधबार १६:२० बजे

काठमाडौँ- पाकिस्तान क्रिकेट टिमबाट फास्ट बलर हसन अली 'रिलिज्ड' भएका छन् ।

पाकिस्तानको टिम व्यवस्थापनले हसनलाई इंग्ल्यान्डको वारविकसायर काउन्टी क्रिकेट क्लबबाट काउन्टी क्रिकेट खेल्न दिनका लागि टिमबाट रिलिज गरिएको जानकारी दिएको छ ।


हरिस राउफ घाइते भएका कारण हसनलाई आयरल्यान्ड र इंग्ल्यान्डविरुद्धको टी-ट्वान्टी सिरिजका लागि टिममा राखिएको थियो ।

तर पाकिस्तानका कप्तान बाबर आजमले इंग्ल्यान्डविरुद्धको चार खेलको टी-ट्वान्टी सिरिजका राउफ तयार रहेको बताए ।

राउफ टिममा आउने भएपनि हसनलाई भने टिमबाट हटाइएको हो ।


Author

थप समाचार
x