क्रिकेट

बंगलादेशविरुद्धको टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित

इकागज |
जेठ ११, २०८१ शुक्रबार ९:२ बजे

काठमाडौँ- अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ । गएराति भएको टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाइ ६ रनले पराजित गरेको हो ।

अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो ।


यस अघि अमेरिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । यस अघि पहिलो टी-२० मा अमेरिकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।

लगातार दुई जितपछि अमेरिकाले बंगलादेशविरुद्धको सिरिज एक खेल अघि नै २-० ले जितेको छ । अब तेस्रो खेल शनिबार हुने छ ।


Author

थप समाचार
x