क्रिकेट

टी-ट्वान्टी वरीयताः बलिङमा नेपालका एक खेलाडी मात्र

इकागज |
जेठ १६, २०८१ बुधबार १५:२६ बजे

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि २९ तारिखसम्म आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअघि सार्वजनिक भएको वरीयतामा बलिङतर्फ नेपालका एक खेलाडीमात्र परेका छन् ।

आईसीसी बुधबार सार्वजनिक गरेको टी-ट्वान्टीतर्फको वरीयतामा बलिङतर्फ नेपालका सोमपाल कामी मात्रै शीर्ष एक सयमा परेका छन् ।


सोमपाल बलिङतर्फको ४ स्थान तल ९९ औँ स्थानमा आइपुगेका छन् । उनी यसअघि ९५ औँ स्थानमा थिए ।

यता टी-ट्वान्टीको ब्याटिङतर्फ भने दिपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेल र आशिफ शेख रहेका छन् ।

दिपेन्द्र ५० औँ स्थानमा यथावत छन् । रोहित ६१ औँ स्थानमा यथावत रहँदा आशिफ भने एक स्थान तल ८९ औँ स्थानमा झरेका छन् ।

अलराउन्डतर्फ दिपेन्द्र भने १० औँ तथा कुशल मल्ल ३३ औँ स्थानमा यथावत छन् ।


Author

थप समाचार
x