क्रिकेट

टी-२० विश्वकप खेल्दा डेब्यू गरेजस्तो अनुभव भयो : सन्दीप लामिछाने

इकागज |
असार ८, २०८१ शनिबार १८:८ बजे

काठमाडौँ- आईसीसी टी-२० विश्वकपमा सहभागी भइ क्रिकेटर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टीमका अन्य सदस्य तीन दिनअघि नै स्वदेश फर्किए पनि सन्दीप भने शनिबार स्वदेश फर्किएका हुन् । अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन् । उनी क्यानडा हुँदै नेपाल आएका हुन् ।


नेपाल आएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले टी-२० विश्वकपको खेल खेल्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको प्रतिक्रिया दिए । विश्वकपको अनुभव निकै स्मरणीय रहेको भन्दै टिममा अझै धेरै गर्न बाँकी रहेको उनले बताए । उनले साउथ अफ्रिकालाई दिएको चुनौती निकै राम्रो भए पनि अन्तिम बलमा जित्न नसक्दा दु:ख लागेको सुनाए ।

उनले विभिन्न कारणले आफू केही समय क्रिकेटबाट बाहिर रहेपछि अब निरन्तर रूपमा लागिपर्ने जिकिर गरे ।


Author

थप समाचार
x