अपराध

चिनियाँलाई अपहरण गरी फिरौती माग, ६ जना पक्राउ

इकागज |
साउन १९, २०७९ बिहीबार १९:२६ बजे

काठमाडौं– चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ कपुरधारामा चिनियाँ नागरिकलाई बोलाई सुरक्षित साथ फिर्ता लैजाने भए एक करोड नगद दिनुपर्ने भन्दै अपहरण गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।  


अपहरणको सूचनापछि प्रहरी टोलीद्वारा अपहरणमा परेका एक चिनियाँ नागरिक र सूर्यबहादुर राईलाई नयाँ बसपार्क स्थित मित्रनगरमा रहेको न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट सकुसल उद्दार गरिएको प्रहरीले जनाएको छ । 

पक्राउमा पर्नेमा कर्णबहादुर गुरुङ, लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर, बिनोद के.सी. र शिब सुनार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

उनीसँग आठ लाख, चौध हजार नौ सय, विभिन्न कम्पनीको २६ वटा मोबाइल सेट र हतकडी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउमा परेका व्यक्तिहरु उपर मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-१७ को अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ । 


Author

थप समाचार
x