अपराध

तनहुँमा जुवातास खेलिरहेका ११ जना पक्राउ

इकागज |
साउन २९, २०७९ आइतबार १४:४१ बजे

फाइल फोटो

तनहुँ - म्याग्दे गाउँपालिका–२ बडरे बस्ने ५२ वर्षीय सोम प्रसाद श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 


उनीहरुको साथबाट नगद ५८ हजार २ सय २३ रुपैयाँ र २ सय १४ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x