अपराध

सालकको खपटासहित दुई पक्राउ

इकागज |
असोज १४, २०७९ शुक्रबार १३:२४ बजे

काठमाडौं- काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपटासहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुली गोलञ्जोर गाउँपालिका-४ घर भएका ५५ वर्षीय यम बहादुर कामी र सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २८ वर्षीय रत्न बहादुर मगर रहेका छन् । उक्त स्थानमा अवैध रूपमा सालकको खपटाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपटासहित फेला पारी पक्राउ गरेको हो ।


उनीहरूलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय काठमाडौंमा पठाइएको छ ।


Author

थप समाचार
x