अपराध

अवैध लागु औषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ

इकागज |
मंसिर १३, २०७९ मंगलबार १४:२१ बजे

फाइल फोटो

काठमाडौँ - अवैध लागु औषधसहित कञ्चनपुरमा तीन जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका-७ कालो पुलबाट ब्राउन सुगर जस्तो देखिने २ ग्राम ९१ मिलिग्रामसहित ४६ वर्षीय कर्ण विकसहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।  

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले अभियुक्तहरू चढेको सवारी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेपछि उनीहरूलाई पक्राउ गरेको जनाएको छ । 



Author

थप समाचार
x