अपराध

जसले श्रीमतीकाे घाँटी रेटेर हत्या गरे

इकागज |
मंसिर २०, २०७९ मंगलबार १८:५५ बजे

प्रतिकात्मक तस्वीर

सुर्खेत । सुर्खेतमा आफ्नै श्रीमतीको टाउँको रेटेर भागिरहेको अवस्थामा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ ।

जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरले मंगलबार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षीय मिना आलेको घाँटी रेटेर टाउँको प्लाष्टिकको थैलोमा राखेर भागिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको ३ जनाको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वाथ्य चौकी पछाडिबाट पक्राउ गरेको हो ।


उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय वावियाचौरवाट १३ जनाको प्रहरी टोली खटिएको थियो । उनको घरमा छोरा छोरी र आमा रहेको बताइएको छ ।  घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।


Author

थप समाचार
x