अपराध

नयाँ दिल्ली लैजान लागेको कोकिनसहित भारतीय महिला पक्राउ

इकागज |
चैत १६, २०७९ बिहिवार १६:२० बजे

काठमाडौं– नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७ ग्राम लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । 

व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा कोकिनसहित एक भारतीय महिला र काठमाडौंको ठमेलस्थित एक होटलबाट अर्का एक भारतीय महिलालाई पक्राउ गरिएको जनाएको हो ।


पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई रहेको व्युरोले जनाएको छ । बरामद भएको कोकिनको अवैध बजार मूल्य १७ करोड तीन लाख ५१ हजार रहेको व्युरोका प्रमुख ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए । फागुन १४ गते दिल्ली जान लागेकी भन्लालमीको लगेज चेक गर्ने क्रममा लगेजभित्र चारवटा लेडिज फल्सबटम बनाई लागू औषध लैजान लागेको अवस्था पक्राउ गरिएको खनालले बताए ।

त्यस्तै इस्थर लाह्लिमपुइलाई बिशेष सूचनाका आधारमा हाटेलमा जाँच गर्दा सुकटेसभित्र फल्सबटम बनाई कोकिन लुकाईराखेको अवस्थामा पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका भारतीय नागरिकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x