अपराध

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

इकागज |
असोज ७, २०८० आइतबार १७:२० बजे

दाङ– तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरास्थित भगवती टोल बस्ने ४३ वर्षीया रीता लामिछानेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय टेकबहादुर हमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

आफ्नै घर अगाडि उभिरहेको अवस्थामा टेक बहादुरले एक्कासि खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँ बस्ने ४५ वर्षीय वीर बहादुर हमाल तथा उनकै आमा ६५ वर्षीया कमलाकुमारी हमालसमेत घाइते भएको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट खटिएको प्रहरीले टेकबहादुर हमाललाई उनकै घरबाट खुकुरीसहित पक्राउ गरेको हो । 


साथै खुकुरी प्रहारबाट घाइते भएका दुवै जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएकोमा वीर बहादुर उपचार पश्चात डिश्चार्ज भएका छन् भने कमला कुमारीको नर्सिङ होम नेपालगन्जमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x