अपराध

ललितपुरबाट कर्नेल र डाक्टरको घरमा चोरी गर्नेहरू पक्राउ

इकागज |
मंसिर १५, २०८० शुक्रवार १२:११ बजे

सांकेति तस्विर

काठमाडौँ- नेपाली सेनाका एक जना कर्नेल र डाक्टरको घरमा चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । 

ललितपुर महानगरपालिका-२५ सैंबु आवास भैंसेपाटीमा डा.फाहद आलम र वडा नम्बर १८ भैंसेपाटी बस्ने नेपाली सेनाका कर्नेल कामेश्वर यादवको घरमा फरक- फरक समयमा चोरी भएको हो । 


काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार डाक्टर आलमको घरमा चोरी गर्ने चार जना र कर्नेलको घरमा एक जनालाई पक्राउ गरिएको हो ।

त्यसैगरी, जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले ललितपुर-१८ विनायक कोलोनी भैंसेपाटी बस्ने २३ वर्षीय सविन रोक्का, पुल्चोक बस्ने २७ वर्षीय मनोज नेपाली, २० वर्षीय राजु भोलान र ३९ वर्षीय उमेश श्रेष्ठ रहेको इकागज जानकारी दिए ।

डा. आलमको घरबाट ल्यापटप, ४८१५ अमेरिकी डलर, ४२ हजार रुपैयाँ, सुन तथा चाँदीका घरगहना, चकलेट, लगायत सामान चोरेका थिए । घरमा कोही नभएको अवस्थामा उनीहरू घरभित्र प्रवेश गरी चोरी गरेका थिए । उनीहरूले कात्तिक १२ गते चोरी गरेका थिए ।

यस्तै, कर्नेल कामेश्वर यादवको घरमा मंसिर ४ गते चोरी भएको थियो ।  चोरलाई ५ गते नियन्त्रणमा लिएको हो ।

उनको घरबाट ५५०० अमेरिकी डलर, दुई लाख भारतीय नगद, दुई लाख नेपाली नगद, सुन तथा चाँदीका घरगहना चोरी भएको थियो । उनको घरमा चोरी गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका-२२ बुंगमती बस्ने ४० वर्षीय अमर भन्ने अम्बरबहादुर तामाङलाई पक्राउ गरेको हो । 

 


Author

थप समाचार
x