रुपन्देही प्रहरीद्वारा २३ वटा चोरीका मोटरसाइकलसहित आठ जना पक्राउ
फाइल तस्बिर
बुटवल - अपराध नियन्त्रण गरी समाजमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न भन्दै रुपन्देही प्रहरीले संचालन गरेको ‘क्लिन स्विप अप्रेशन’ अभियानबाट चोरी, लागूऔषध प्रयोग तथा ओसारपसारकर्ता र फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
पुस १ गतेदेखि रुपन्देही प्रहरीले ‘क्लिन स्विप अप्रेशन’ सुरु गरेको थियो । बिहीबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले अभियान सुरु गरेको डेढ हप्तामै कयौं चोरीका मोटरसाइकल, त्यसमा संलग्न मानिस, फरार प्रतिवादी र लागूऔषध ओसारपसार र प्रयोगकर्तालाई नियन्त्रणमा लिएको जनाए ।
एसपी बिकका अनुसार यो बीचमा चोरीका २३ वटा मोटरसाइकल पक्राउ गरिएको छ भने त्यसमा संलग्न ८ जना मानिस समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरुविरुद्ध चोरीसम्बन्धी ४ वटा मुद्दा अदालतमा दर्ता समेत भएका छन् । प्रहरीले रोयल इनफिल्ड–२, बजाज पल्सर १५० सिसीको १, हिरो स्पेलेन्डर प्लेस ६, बजाज पल्सर २२० सीसीको ३, यामाहा एफजेड १ गरी विभिन्न ब्राण्ड र मोडलका २३ मोटरसाइकल बरामद गरिएको जनाएको छ ।
अभियानकै क्रममा प्रहरीले एउटै इन्जिन नम्बर भएका दुई वटा कार नियन्त्रणमा लिएर पनि अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले अभियानका क्रममा ४३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर, ६ एम्पुल डाइजेजाम, ६८ एम्पुल फेनार्गन, ८ एम्पुल तालजेसिक, ५९ एम्पुल सेरिज्याक, आईपीपीएल ६० एम्पुल, प्रोक्सीको स्पास १६ क्याप्सुल बरामद गरेको छ । उक्त लागूऔषध प्रयोग र ओसारपसारमा संलग्न ९ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । लागूऔषधका ७ वटा मुद्दा जिल्ला अदालतमा दर्ता समेत गरिएको प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
यस्तै, प्रहरीले १ सय २ जना फरार प्रतिवादी तथा अदालतबाट सजाय तोकिएका व्यक्तिहरूलाई पक्राउ गरेको छ । पक्राउ परेका मानिसहरूलाई कारागार चलान गरिएको छ । उनीहरूबाट १९ वर्ष ११ महिना १७ दिन कैद भुक्तान र १२ लाख ८२ हजार ७११ रूपैयाँ जरिवाना असुलउपर हुने प्रहरीले जनाएको छ ।
प्रहरीले संचालन गरेको अभियानले अपराध नियन्त्रणसँगै शान्ति र समतामूलक समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया