अपराध

सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ

इकागज |
पुस २५, २०८० बुधबार १६:४२ बजे

फाइल फोटो

उदयपुर - २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका-८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खड्ग मगर रहेका छन् । 

उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Author

थप समाचार
x