अपराध

८ किलो ८ सय ग्राम चरेशसहित पाँच जना पक्राउ

इकागज |
पुस २९, २०८० आइतबार १४:५० बजे

फाइल तस्बिर

मकवानपुर - करिब ८ किलो ८ सय ग्राम अवैध लागुऔषध चरेशजस्तो देखिने वस्तुसहित पाँच जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने ४० वर्षीय रामनारायण श्रेष्ठ, बारा जितपुर सिमरा उपमहानगरपालिका-६ बस्ने २१ वर्षीय याकुब खान, बारा परवानीपुर गाउँपालिका-३ बस्ने २० वर्षीय मुकेश राम भन्ने मुस्की राम, पर्सा वीरगज उपमहानगरपालिका-२१ बस्ने २० वर्षीय ईरमान आलम र सोही ठाउँ बस्ने २१ वर्षीय सोयल मिंया रहेका छन् । 


ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरी गाउँपालिका-७ मा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना‍.३ च ७४०४ नम्बरको कारमा सवार याकुब खानलाई ३ सय ग्राम चरेश जस्तो देखिने वस्तुसहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध रामनारायणसँग लिएको खुल्न आएपश्चात उनको घरबाट थप ८ किलो ५ सय ग्राम चरेश बरामद गरी रामनारायण र कारमा सवार याकुब समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x