अपराध

नक्कली डाक्टरले पूर्व स्वास्थ्यमन्त्री यादवले हस्ताक्षर गरेका प्रमाणपत्र देखाउँथे

वैदेशिक रोजगारमा जानेलाई नक्कली सर्टिफिकेट दिन्थे

इकागज |
माघ ८, २०८० सोमबार १७:१३ बजे

काठमाडौँ- काठमाडौँका विभिन्न पोलिक्लिनिकका बिरामीको स्वास्थ्य परीक्षण गर्ने नक्कली डाक्टरलाई नेपाल प्रहरीले पक्राउ गर्यो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टरको आरोपमा ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो ।  

सोमबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई नियन्त्रणमा लिइएको हो ।  प्रहरीका अनुसार भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन काम गर्दै आएका थिए । भट्टाचार्य मोरङको विराटनगर महानगरपालिका वडा नम्बर २ का हुन् ।  


उनले अहिलेसम्म ६६० जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान दिएका छन् । उनले चीनबाट एमबिबिएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउने गरेका थिए । प्रहरीका अनुसार उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए । 

उनले नक्सालस्थित 'वी केयर' मा पनि काम गर्ने गरेको बताएको प्रहरीले जनाएको छ । वी केयरमा ६६० र बसुन्धाराको धौलागिरी पोलिक्लिनकमा ३० बिरामीको स्वास्थ्य परीक्षण गर्थे । 

उनले नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाणपत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए । उनले यस्तो काम गरेको तीन वर्ष भएको बयान दिएका छन् । 

उनले चीनबाट एमबिबिएस गरेको र त्रिवि शिक्षण अस्पतालमा काम गर्ने गरेको बताउँथे । भट्टाचार्यले विभिन्न चिकित्सकको नेपाल मेडिकल काउन्सिलको नम्बर बिरामीको स्वास्थ्य परीक्षण गर्ने गरेका थिए ।

उनले नेपाल चिकित्सक संघ, त्रिवि शिक्षण अस्पताल र नेपाल मेडिकल काउन्सिलको कार्ड बनाएर काम गर्ने गरेको रेग्मीले जानकारी दिए । ‘विदेश जानेहरूको नक्कली मेडिकल रिपोर्ट बनाउँथे,’ उनले भने,’ पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादवको हस्ताक्षर भएको नक्कली प्रमाणपत्र र कदरपत्र बनाउँथे ।‘

थाइराइड सोसाइटी र मेडिसिटी अस्पतालबाट कदर पत्र लिएका थिए भट्टचनले । बोस्टन विश्वविद्यालय र स्कुल अफ विश्वविद्यालय तथा पोष्ट ग्राजुएटमा सहभागी भएका प्रमाणपत्रसमेत फेला परेको छ । अमेरिकन हर्ट एशोसिशन,  जाइनोलोजिकल स्क्यानिङ, मेजर बडी पार्टस एण्ड अर्गानसको एम्स अस्पताल न्यु दिल्लीमा सहभागी भएका विभिन्न प्रमाणपत्र लिएका थिए ।

उनीमाथि प्रहरीले इलाजसम्बन्धी र लिखत सम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

 


Author

थप समाचार
x