अपराध

प्रेमिकाको चरित्र हत्या गर्ने गोरखाका भिमसेन पक्राउ

इकागज |
माघ ९, २०८० मंगलबार १४:२१ बजे

फाइल तस्बिर

काठमाडौँ - सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा भिमसेनथापा नगरपालिका २ का भिमसेन भट्ट रहेका छन् । उनलाई प्रहरीले काठमाडौँ महानगरपालिका २७ बाट आइतबार पक्राउ गरेको हो । भट्ट र ती महिलाबीच प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ । 

उनले सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाइ आफ्नो पूर्व प्रेमिकाको फोटो तथा भिडियोहरू फेसबुक तथा ह्वाट्सएपमा सम्प्रेषण गरी चरित्रहत्या गरेका थिए । दुख र हैरानी दिएपछि प्रेमिकाका परिवारले उनी विरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका थिए । 


यसबारे थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 


Author

थप समाचार
x