अपराध

अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने व्यक्ति पक्राउ

इकागज |
माघ १७, २०८० बुधबार १३:४४ बजे

सांकेतिक तस्विर

काठमाडौँ- अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने गरेको अभियोगमा सप्तरी राजविराज नगरपालिका-१० डुम्री ठेगाना भएका २६ वर्षीय डम्बर साहलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिमको समन्वयमा पाँचथर फिदिम नगरपालिका-१ अस्पताल चोकबाट पक्राउ गरेको हो । 


साहले ह्वाटस् एप, फेसबुक, इमो जस्ता समाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिलाई पार्सल पठाइदिन्छु भनी ठगी गर्ने गरेको, पिडकहरूले साहले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट ग्रुप एन्ड डम्बर साहको व्यक्तिगत खातामा विभिन्न लेयरमा रकम पठाउने गरेको तथा उक्त रकमहरू पिडकले खोजेको बखतमा नगद, क्रिप्टो, बैंक ट्रान्सफरसमेत उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

साहविरुद्ध ३४ जनाको उजुरी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।


Author

थप समाचार
x