अपराध

६ सय बढीलाई ठग्ने वाइवाले भिसा आयो भन्दै प्रहरीलाईसमेत जागिर छाड्न लगाए

इकागज |
माघ १८, २०८० बिहीबार १३:३८ बजे

काठमाडौं - युरोपका विभिन्‍न मुलुकमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाइ रहेका विकास वाइवा भन्ने सुजन तामाङ पक्राउ परेका छन् । बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरि उनलाई सार्वजनिक गरिएको हो । 

उनी बालाजुमा यूरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरी आफूलाई विकास वाइवाको नक्कली परिचय पत्र बनाएर ठगीमा संलग्‍न कार्यालयका डिएसपी अनिल घिमिरे जानकारी दिए । उनका अनुसार  ६०० बढीलाई ठगी गरकेा छन् ।


माल्टा, पोल्याण्ड, क्यानडा र क्रोएसिया लगायतका देशमा पठाइदिने भन्दै ६०० बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेका वाईवालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका एक अधिकारीसँग पनि उनले दुई लाख उठाएका थिए । उनले भिसा आयो भन्दै जागिर छोड्नसमेत लगाएका थिए । 

ठगीको रकमबाट उनले ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ति मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ।

यस्तै आफ्ना भाइ सुवास तामाङको खातामा साढे १५ लाख जम्मा गरेको, जलविद्युत सहकारीबाट लिएको १५ लाख ऋण तिरेको र ५ लाखमा सुनको ब्रासलेट समेत खरिद गरेको पाइएको छ

प्रहरीका अनुसार अहिलेसम्म ७० जनाले मुद्दा दर्ता गरेको र उनीहरूको ३ करोड २५ लाख २२ हजार बिगो देखिएको छ ।


Author

थप समाचार
x