अपराध

विनोद चौधरीको भाइपछि तत्कालीन अध्यक्ष थापा पनि पक्राउ

इकागज |
माघ १८, २०८० बिहीबार १४:५५ बजे

काठमाडौँ- बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा अजितनारायण थापा परेका छन् । बिहीबार उनलाई प्रहरीले पक्राउ गरेको सिआइबीका डिएसपी दुर्गा दाहालले इकागजलाई जानकारी दिए । बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियम विपरीत गएर निजी बनाएको खुलेको छ ।

सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले व्यवसायी अरुण चौधरीलाई समेत आज बिहानै पक्राउ गरिसकेको छ । सरकारी जग्गा अरुण चौधरीको नाममा नामसारी गरिँदा छालाजुत्ताको सञ्चालक समितिका अध्यक्ष रहेका थापा समेत पक्राउ परेका हुन् । 


र, याे पनि

विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ

 


Author

थप समाचार
x