अपराध

बलात्कार आरोपमा चार जना पक्राउ

इकागज |
माघ २१, २०८० आइतबार १६:१९ बजे

सांकेतिक फोटो

काठमाडौँ - बर्दिया र सर्लाहीमा बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई  प्रहरीले पक्राउ गरेको छ । थारूले सोही नगरपालिका-११ बिजयनगरस्थित कपास विकास फारममा गत १४ गते ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाकै गुलरिया नगरपालिका-४ कैलाशनगर बस्ने ६७ वर्षीय पंम बहादुर रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ । रानाभाटले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाकै राजापुर नगरपालिका-६ महुवा बस्ने १५ वर्षीय किशोरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरले ललाई फकाई बाँके नेपालगंज उपमहानगरपालिका-१ बेलासपुरस्थित दाजु नाता पर्ने व्यक्तिको कोठामा लगी माघ ४ देखि १४ गतेसम्म जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सर्लाहीको हरिपुर नगरपालिका-७ चितायन बस्ने ४८ वर्षीय सिकिन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 


Author

थप समाचार
x