अपराध

फेसबुकमा चरित्र हत्या गरेको आरोपमा किर्तिपुरका महर्जन पक्राउ

इकागज |
माघ २१, २०८० आइतबार १७:२२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्ट बनाएर नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । 

प्रहरीले काठमाडौँ कीर्तिपुर नगरपालिका-१० मानाटोलका राजकुमार महर्जनलाई भोटाहिटीबाट पक्राउ गरेको हो । साइबर ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार नाबालिकाको आफन्तले जाहेरी दिएपछि उनको खोजी गरिएको थियो । 


उनले एक नाबालिकाको नाम र तस्विर राखेर फेक फेसबुक एकाउन्ट बनाई सामाजिक सञ्जालमा रहेका साथीहरूलाई सोही एकाउन्टको म्यासेन्जरबाट अश्लील म्यासेजहरु पठाउने गरेका थिए ।

उनको त्यस्तो कार्यले नाबालिकालाई मानसिक तनाव, दुःख हैरानी दिई चरित्र हत्या समेत गरेकोले पीडित नाबालिकाको आफन्तले दिएको जाहेरीका आधारमा महर्जनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक चन्दले जानकारी दिए ।


Author

थप समाचार
x