अपराध

२८५ केजी गाँजासहित पनाैतीबाट तीन जना पक्राउ

इकागज |
माघ २२, २०८० सोमबार ११:३० बजे

काठमाडाैँ- काभ्रेमा २८५ केजी गाँजा प्रहरीले बरामद गरेकाे छ । काभ्रे पनौती नगरपालिका-५ आइटी पार्कस्थित पनाैती सडक खण्डमा चौकीबाट खटिएको चेकिङ टोलीले सवारी चेक जाँच गर्ने क्रममा पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा ६ च २९६ नं.को डिआई गाडीमा चेकजाँच गर्दा उक्त गाडीमा लोड गरी ल्याएको अप्रशोधित गाँजा (भर्खर काटेको जस्तो हरियो देखिने ) प्लाष्टिकको विभिन्न साइजको ७३ बोरामा २८५ केजीसहित तीन जनालाई पक्राउ गरेकाे हाे । 

पक्राउ पर्नेमा  चालक नुवाकोट विदुर नगरपालिका-११ घर भई हाल काठमाडाैँ बालाजु डेरा गरी बस्ने बर्ष ३५ को बुद्धमान तामाङ, रामेछाप नगरपालिका-८ घर भई हाल काठमाडाैँ बालाजु डेरा गरी बस्ने बर्ष २० को संजिब तामाङ र रामेछाप रामेछाप नगरपालिका-८ घर भई हाल काठमाडाैँ बालाजु डेरा गरी बस्ने बर्ष ५३ कि बिमला तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।



Author

थप समाचार
x