अपराध

सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको आराेपमा नवलपरासीबाट एक जना पक्राउ

इकागज |
माघ २६, २०८० शुक्रबार १६:२० बजे

फाइल तस्बिर

नवलपरासी पूर्व - विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते  गरी ठगी गरेको अभियोगमा विनयी त्रिवेणी गाउँपालिका- ४ बैरेनी बस्ने गोरखा शहीद लखन गाउँपालिका-६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते  गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई विनयी त्रिवेणी गाउँपालिका-१ दुम्किबास बजारबाट पक्राउ गरेको हो ।


साथै उनको घर तलासी गर्दा सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसुरमा प्रमाण लाग्ने विभिन्न प्रकारका वस्तुहरू समेत बरामद भएको छ ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x