अपराध

सपना रोका मगरलाई धम्काउने विनयजंग पक्राउ

इकागज |
फागुन ४, २०७७ मंगलबार १८:१९ बजे

काठमाडौँ : पशुपतिमा वेवारिसे शव जलाउने सपना रोका मगरमाथि धम्कीपूर्ण चेतावनी दिने विजयजंग बस्नेत पक्राउ परेका छन् । उनलाई प्रहरीले मंगलबार साझ पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर, टेकुका एसएसपी अशोक सिंहकाअनुसार उनलाई गोंगबु नयाँ बसपार्कबाट पक्राउ गरिएको हो । ‘उनलाई हामीले केही समय अगाडि मात्रै पक्राउ गरेका हौं,’ उनले भने । 

विनयविरुद्ध बीबीसीको १०० महिलाको सूचीमा परेकी सपनाले आइतबार उजुरी दिएकी थिइन् । उनलेले सपनामाथि गालिगलौज र यौन दुव्र्यवहार गरेको आरोप छ ।
सपनाका अश्लील फोटो आफूसँग मोबाइल र पेनड्राइभमा सुरक्षित रहेको भन्दै युट्यबुमा अन्तर्वार्ता दिएपछि सपनाले उजुरी दिएकी थिइन् ।


याे पनि

विजयजंग बस्‍नेतविरुद्ध सपनाले दिइन् प्रहरीमा उजुरी

 


Author

थप समाचार
x