कूटनीति

यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

इकागज |
माघ २४, २०७९ मगलवार १०:३६ बजे

काठमाडौँ - अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छिन् । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन् । 

पावरको भ्रमणका विषयमा यूएसएडले गत बुधबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो । उनको भ्रमण नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट हुन लागेको पहिलो उच्चस्तरीय भ्रमण हो । यसअघि सन् २००२ मा अमेरिकाबाट यस किसिमको उच्च तहको भ्रमण भएको थियो । तत्कालीन विदेशमन्त्री कोलिन पावलले नेपालको औपचारिक भ्रमण गरेका थिए ।


 राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । 

पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ । 
 


Author

थप समाचार
x