कूटनीति

राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री फुमियोकाे बधाई

नेपालकाे आर्थिक विकासका लागि सहकार्य गर्न जापान अग्रसर

इकागज |
फागुन ३०, २०७९ मंगलबार १६:९ बजे

काठमाडौँ- जापानी प्रधानमन्त्री किसिडा फुमियोले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई आज बधाई दिएका छन् ।

नेपालस्थित जापानी दूतावासले एक विज्ञप्तीमार्फत प्रधानमन्त्री फुमियोले पहिलो पटक राष्ट्रपतिमा नियुक्त भएकोमा पौडेललाई आधिकारिक रुपमा बधाई दिएको जानकारी गराएको हो ।


राष्ट्रपति पौडेलले सोमबार सपथ लिँदै कार्यभार सम्हालेका थिए ।

फुमियोले जापान सरकार राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालसँगको दुई पक्षीय सम्बन्धलाई अझ सुमधुर बनाउन तथा दुई देशको सामाजिक तथा आर्थिक विकासका लागि सहकार्य गर्न अग्रसर रहेको समेत उल्लेख गरेका छन् ।


Author

थप समाचार
x