कूटनीति

राष्ट्रिय सभा अध्यक्षले दिए माओत्सेतुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली

इकागज |
जेठ ३०, २०८० मंगलबार १४:४७ बजे

काठमाडौं  - राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  माओत्सेतुङको  समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । 

चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनाले मंगलबार बेइजिङ स्थित माओत्सेतुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका उनको सचिवालयले जानकारी दिएको छ । 


९ सदस्यीय संसदीय भ्रमण टोलीको नेतृत्व गर्दै चीन पुगेका अध्यक्ष तिमिल्सिनाले मंगलबार नै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (चाईनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हुनिङसंग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।


Author

थप समाचार
x