कूटनीति

प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न युरोपेली संघकी राजदूत डेप्रेज बालुवाटारमा

इकागज |
साउन २३, २०८० मंगलबार ११:१६ बजे

काठमाडौँ- नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । 

मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकी राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता गरेकी हुन् । 


सो क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।


Author

थप समाचार
x