कूटनीति

राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूतको शिष्टाचार भेट

इकागज |
साउन २३, २०८० मंगलबार १८:५८ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले शिष्टाचार बिदाई भेट गरेकी छिन् ।

आज राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेपाल र युरोपेली संघबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 


त्यस अवसरमा राष्ट्रपति पौडेलले युरोपेली संघले नेपालको विकास साझेदारका रूपमा पुर्याएको सहयोगका लागि धन्यवाद दिनुभएको सो विज्ञप्तिमा जनाइएको छ । 


Author

थप समाचार
x