कूटनीति

राष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट

इकागज |
साउन २४, २०८० बुधबार २०:५३ बजे

काठमाडौँ - राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले आज उनको सरकारी निवासमा शिष्टाचार भेट गरे । 

त्यसअवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचारविमर्श भएको थियो । उहाँहरूले पारस्परिक हित र चासोका अन्य विषयमा पनि छलफल गरेका थिए । 


अध्यक्ष तिमिल्सिनालाई पाकिस्तानी सिनेटका अध्यक्ष मुहम्मद सदिक सञ्जरानीका तर्फबाट पाकिस्तान भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरे । सिनेटका अध्यक्षले भ्रमणका निम्ति आमन्त्रण गर्नुभएकामा आभार व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले उपयुक्त समयमा भ्रमण गर्ने जानकारी राजदूत हास्मीलाई दिनुभएको अध्यक्ष तिमिल्सिनाको निजी सचिवालयले जनाएको छ । 
रासस


Author

थप समाचार
x