कूटनीति

राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त

इकागज |
भदौ ११, २०८० सोमबार १८:४६ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशमा राजदूत नियुक्त गरेका छन् ।

उनले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।


राष्ट्रपति पौडेलले उनीहरूलाई आज साेमबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


Author

थप समाचार
x