कूटनीति

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री एन्टोनीबीच के भयाे छलफल ?

इकागज |
कात्तिक १४, २०८० मंगलबार ८:१७ बजे

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबीच भेटवार्ता भएको छ । 

अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबीचको जारी साझेदारीका बारेमा विस्तृत छलफल गरेका छन् । 


सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाईएको छ । 

नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत् व्यापारलाई समर्थन गर्दै सहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनीले प्रतिबद्धता जनाएका छन् ।


 


Author

थप समाचार
x