कूटनीति

भूकम्पबाट भएको धनजनको क्षतिप्रति रुसी राष्ट्रपतिद्वारा दुःख व्यक्त

इकागज |
कात्तिक १८, २०८० शनिबार २०:३४ बजे

फाइल फोटो

काठमाडौँ - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई आज शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 


सन्देशमा राष्ट्रपति पुटिनले नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना  गरेका छन् । रासस


Author

थप समाचार
x