कूटनीति

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

इकागज |
पुस १९, २०८० बिहीबार ६:५९ बजे

फाइल तस्बिर

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदैछन् । दुई दिने नेपाल भ्रमणमा आउने विदेशमन्त्री जयशंकर भोली स्वदेश फर्कनेछन् ।

आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने विदेशमन्त्री जयशंकरको पहिलो भेट बिहान ११:०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने कार्यतालिकामा उल्लेख गरिएको छ ।


राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्‍न गरेपछि विदेशमन्त्री जयशंकरले अपरान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता गर्नेछन् भने १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्रमन्त्री एनपी साउँदसँग द्धिपक्षिय भेटवार्ता गर्नेछन् ।

लगत्तै १:१५ बजेबाट त्यहाँ  नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सुरु हुनेछ भने १:४५ बजे बिभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

सो सम्झौतापछि विदेशमन्त्री जयशंकरमा राजनीतिक नेतासँग भेटवार्ता हुनेछ, जसअनुसार ३:४५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुनेछ भने ४:३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता हुने जनाइएको छ ।

साँझ ६:१५ देखि सोल्टी होटलमा विदेशमन्त्री जयशंकरको सम्मानमा आयोजना रात्रि भोजमा सहभागी हुने जनाइएको छ ।

आज दिनभर औपचारिक कार्यक्रममा व्यस्त रहेपनि भोलि भने भारतीय विदेशमन्त्री जयशंकर अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन्, जसअनुसार भोलि बिहान पशुपतिनाथको दर्शन गर्नेछन् भने उनले पुन:निमार्ण भइरहेका भवनहरूको निरिक्षण गरेर १२ बजे अपरान्ह स्वदेश फर्कनेछन् । 


Author

थप समाचार
x