कूटनीति

शीतलनिवास पुगेर भारतीय विदेशमन्त्री जयशंकरले भेटे राष्ट्रपति पौडेललाई

इकागज |
पुस १९, २०८० बिहीबार १२:१४ बजे

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार बिहान भारतीय वायु सेवाको विशेष विमानबाट काठमाडौँ आइपुगेका विदेशमन्त्री जयशंकरले शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

नेपाल र भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्‌को विकासमा सहकार्य र सहयोग आवश्यक रहेको भेटमा कुरा गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।


विदेशमन्त्री जयशंकरले नेपाललाई सहयोग निरन्तर रहने भेटमा भनेका थिए ।


Author

थप समाचार
x