कूटनीति

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच के-के भयो कुराकानी ?

इकागज |
पुस १९, २०८० बिहीबार १४:० बजे

काठमाडौँ- भारतका विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार बिहान भारतीय वायु सेवाको विशेष विमानबाट काठमाडौँ आइपुगेका विदेशमन्त्री जयशंकरले सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा दुईपक्षीय सम्बन्धका बिषयमा कुराकानी भएको थियो । भारत भ्रमणका समयमा भएका समझदारी र सम्झौताहरू कार्यान्वयनमा गइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटाले जानकारी दिए ।


त्यस्तै विद्युत्‌ व्यापार सम्झौतालाई कार्यान्वयनमा लैजाने बिषय नेपालको विद्युत्‌ व्यापारको क्षेत्रमा ऐतिहासिक कदम भएको समेत प्रचण्डले बताएका थिए भने नेपालको पश्चिम नेपालमा गएको भूकम्पका साथै मुलुकको आर्थिक विकासमा भारतको सहयोगप्रति प्रचण्डले आभार व्यक्त गरेको सापकोटाले बताए ।

भेटवार्तामा विदेशमन्त्री जयशंकरले दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउँदै अघि बढ्ने भन्दै नेपालसँग भएका सम्झौतालाई कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता जनाएका थिए । 


Author

थप समाचार
x