कूटनीति

जापानद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

इकागज |
फागुन २९, २०८० मंगलबार १४:३४ बजे

काठमाडौँ - जापान सरकारले भक्तपुर जिल्लामा रहेको काठमाडौं क्यान्सर सेन्टरमा स्वास्थ्य उपकरणहरु प्रदान गरेको छ । चाँगुनारायण नगरपालिकामा आयोजित कार्यक्रममा जापानी राजदूत किकुता युताकाले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । 

जापान सरकारले ७४ हजार ३३ अमेरिकन डलर बराबरको मेडिकल उपकरण हस्तान्तरण गरेको छ । जापानले क्यान्सर सेन्टरलाई अपरेसन रुमका लागि क्यामरा मोनिटर र लाइटहरु सहयोग गरेको छ । 


राजदूत किकुताले यी सामाग्रीहरुले स्वास्थ्य सेवा उपलबध गराउन सहज हुने विश्वास व्यक्त गरे । काठमाडौं क्यान्सर सेन्टर सन् २०१६ मा स्थापना भएको हो । सेन्टरले  क्यान्सरको उपचार र परामर्श प्रदान गर्दै आएको छ । 


Author

थप समाचार
x