कूटनीति

उपप्रधानमन्त्री श्रेष्ठसँग स्वीस राजदूत मेउलीको भेट

इकागज |
फागुन २९, २०८० मंगलबार १८:२ बजे

काठमाडौँ- नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डेनिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषय र सहयोग विस्तार सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।


भेटमा राजदूत मेउलीले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x