कूटनीति

परराष्ट्रमन्त्री श्रेष्ठ नाै दिनको भ्रमणका लागि आज चीनतर्फ जादैँ

इकागज |
चैत ११, २०८० आइतबार १०:१० बजे

फाइल तस्बिर

काठमाडौँ - उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाँदैछन् । चैत्र १९ गतेसम्म ९ दिनको यस भ्रमणमा परराष्ट्रमन्त्री श्रेष्ठ बिहान १०: ४५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् ।

मन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा औपचारिक चीन भ्रमणमा जान लागेका हुन् । उनको भ्रमण चैत १९ गतेसम्म रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


भ्रमणमा रहँदा उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी वाङसँग द्विपक्षीय भेटवार्ता र बेइजिङ तथा अन्य प्रान्तहरूमा विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।


Author

थप समाचार
x