कूटनीति

केजरीवाल पक्राउबारे यस्तो छ अमेरिकाको टिप्पणी

इकागज |
चैत १४, २०८० बुधबार १२:५७ बजे

काठमाडौँ- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पक्राउबारे अमेरिकाले टिप्पणी गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले मुख्यमन्त्री केजरीवालको विषयमा निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाको अपेक्षा गरेको बताएका छन् ।


यसअघि जर्मनीले पनि दिल्लीका मुख्यमन्त्रीलाई निष्पक्ष सुनुवाइका लागि अपील गरेको थियो । त्यसपछि भारतले जर्मन दूतावासका उपप्रमुखलाई बोलाएको थियो । जर्मन विदेश मन्त्रालयका प्रवक्ताको भनाइलाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै भारतले कडा आपत्ति जनाएको थियो ।

केजरिवाल दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा हाल प्रवर्तन निर्देशनालय (इडी)को हिरासतमा रहेका छन् ।

आम निर्वाचन अघि केजरीवाललाई पक्राउ गरिएको भन्दै सरकारको आलोचना भइरहेका बेला जर्मनी र अमेरिकाले यस विषयमा टिप्पणी गरेका छन् ।


Author

थप समाचार
x