कूटनीति

कतारी राजा शीतल निवास पुगे

इकागज |
बैशाख ११, २०८१ मंगलबार १७:२८ बजे

काठमाडौँ - नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी शीतल निवास पुगेका छन् ।

आजै काठमाडौँ आइपुगेका राजा थानी विमानस्थलबाट सिधै राष्ट्रपति निवास पुगेका हुन् ।


अहिले कतारी राजाले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरिरहेका छन् । राष्ट्रपति पौडेलले उनको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्दै छन् ।  

यस अघि त्रिभुवन विमानस्थलमा कतारी राजा थानीलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । 


Author

थप समाचार
x