कूटनीति

बंगलादेशबाट अहिलेसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

इकागज |
साउन ९, २०८१ बुधबार ८:३७ बजे

काठमाडौँ- बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार मात्र ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । 

मन्त्रालयका अनुसार अहिलेसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जानकारी दिएको छ । ढाकास्थित नेपाली दूतावास विद्यार्थीहरू, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विद्यार्थीहरूलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ ।


बंगलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यू लगाइएको छ भने इन्टरनेटसहितका सुविधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा सयभन्दा बढीको ज्यानसमेत गएको छ ।  


Author

थप समाचार
x