कूटनीति

इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

इकागज |
असार ११, २०७८ शुक्रबार २१:१३ बजे

काठमाडौँ : इटालीले नेपाललाई कोभिड-१९विरुद्ध लड्नका लागि २० वटा भेन्टिलेटर, ६००० आइसोलेसन गाउन र १०,००० प्रोटेक्टिभ कवरल्स सहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेललाई उक्त सामग्री हस्तान्तरण गरिन् ।

उक्त अवसरमा टिम युरोपको तर्फबाट जर्मनी र फ्रान्सका राजदूतहरू पनि उपस्थित थिए  । यसअघि युरोपेली युनियनका स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्डले सहयोग गरिसकेका छन् । लिथुवेनिया र जर्मनीबाट अरु थप सहयोग आउने अपेक्षा गरिएको नेपालस्थित युरोपेली युनियनको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



Author

थप समाचार
x