कूटनीति

भारतले बनाइदियो जेष्ठ नागरिकका लागि ११० बेडको सुविधा सम्पन्‍न भवन

इकागज |
भदौ ५, २०७८ शनिबार २१:७ बजे

काठमाडौँ - ललितपुरको बागडोलमा ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ तयार भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत विनयमोहन क्‍वात्राको उपस्थितिमा शनिबार ललितपुरको बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन भएको हो । 

जेष्ठ नागरिकहरुका लागि यो भवन एक नमुना वृद्धाश्रमको रुपमा रहेको भारतीय दूतावासले जनाएको छ । जेष्ठ नागरिकको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाहरुको सुविधा रहेको छ । यस भवनमा १ सय १० बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरणहरु पनि छन् । 


भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अनुरुप यस भवनको निर्माण भारत सरकारले ५ करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा गरिएको हो ।

‘हामी बीचको विकास सहकार्यमा यस्ता परियोजनाहरुको कार्यान्वयनको ठूलो महत्व रहेको छ । यस्ता परियोजनाहरुको कार्यान्वयनले समुदाय स्तरमा विकास गर्न मद्दत गर्दछ,’ राजदूत क्वात्राले भने, ‘नेपाली समाजमा ज्यापु समाजले पुर्‍याएको योगदानको आफ्नै प्रकारको महत्व छ’ भारतीय राजदुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

दुई देशबीचको विकास सहकार्यको हिस्साको रुपमा भारतले नेपालभर हालसम्म ४ सय ५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । 


Author

थप समाचार
x